रसियन बैंकको स्विफ्ट ह्याक गरी ६० लाख डलर चोरी भएको खुलासा



 

काठमाडौं । रुसको बैंकबाट अज्ञात समूहले अन्तर्राष्ट्रिय पेमेन्ट म्यासेजिङ सिस्टम (स्विफ्ट ) लाई ह्याक गरि ६ मिलियन डलर बराबरको रकम चोरी गरेको रसियन सेन्ट्रल बैंकले जानकारी दिएको छ ।

पछिल्ला दिनमा साइबर क्राइम बढ्दै गइरहेको बेला रसियन बैंकहरु माथि भएको चोरीले सबैलाई चकित र दुखित बनाएको छ । स्विफ्ट सिस्टमलाई ह्याकगरी भएको यो चोरी बैंकिङ क्षेत्रको लागि त्रासपूर्ण भएको केन्द्रिय बैंकले जनाएको छ ।

बैंकले यस आक्रमणका क्रममा ३३९.५ मिलियन रुबल गुमाउनु परेको छ । सेन्ट्रल बैंकले बैंकको अन्य जानकारीहरुको माग गरेको छ ।

रुसी सेन्ट्रल बैंकका प्रवक्ताले साइबर क्राइमका कारण बैंकिङ क्षेत्र सुरक्षाबाट टाढा हुँदै गएको र यसले बैंकहरुलाई अर्थिक समस्यामा पर्न सक्ने बताएका छन् ।

गत डिसेम्बरमा नै ह्याकर्सहरुले रसियाको ग्लोबेक्स बैंकबाट ५५ मिलियन रुबेल चोरी गर्ने प्रयाससमेत गरेका थिए ।

स्विफ्ट ह्याक गरेर ह्याकर्सहरुले २०१६ फ्रेबुवरीमा बंगलादेश बैंकबाट ८१ मिलियन डलर चोरी गरेका थिए ।

हालसम्म ह्याकरले कति पटक स्विफ्टमाथी आक्रमण गरे भन्ने तथ्यांक बाहिर आएको छैन ।

पछिल्ला दिनमा स्विफ्ट ह्याकर्सहरुले ताइवानको पूर्वी अन्तर्राष्ट्रिय बैंक र नेपालको एनआईसी एसिया बैंकमा पनि आक्रमण गरिसकेका छन् ।


क्लिकमान्डु