लालबावु पण्डित बने वातावरण मन्त्री, माओवादीबाट टुङ्गो लागेन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहण गरेसँगै २ जना मन्त्रीहरुले समेत सपथ ग्रहण गरेका छन् । नेकपा एमालेका तर्फबाट लालबाबु पण्डित र थममाया थापाले आजै सपथ ग्रहण गरेका हुन् ।

पण्डितले वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने थापाले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

नेकपा माओवादी केन्द्रबाट भने कसैको पनि नाम मन्त्रीको रुपमा पठाइएको छैन । आन्तरिक छलफलपछि मात्रै केन्द्रबाट मन्त्री बन्नेको नाम टुङ्गो लाग्ने जनाइएको छ ।


क्लिकमान्डु