ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा



काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको २०७४ फागुन ०२ गते बुधबार सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुन एक समारोहका बीच उद्घाटन गरेका हुन् । उक्त सेवाको लागि स्थानिय जीवन खड्का लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।


क्लिकमान्डु