साढे ८ अंकले बढ्यो नेप्से, ३८ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ८.६५ अंकले बढेको छ । बुधबार नेप्से १३८८.९४ विन्दुमा अडेको छ ।

नेप्सेका अनुसार आज १ सय ५५ कम्पनीका ९ लाख ३१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ३८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ५.६१, ट्रेडिङ समूह ०.२६, होटल समूह १०.३२, जल विद्युत समूह १८.२, बीमा समूह १२१.५२, माइक्रोफाइनान्स २०.५५ अंकले बढेका छन् ।

वित्तिय समूह २.७९, उत्पादन मूलक समूह ५.३५ र अन्य समूह १.५४ अंकले घटेका छन् ।

आरएसडीसी लघुवित्तय संस्थानका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

कन्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.२१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु