मनमोहन मेमोरियल इन्ष्टिच्यूट सम्मानित



काठमाडौं । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजलाई ३८औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तर्फ उत्कृष्ट नतिजा निकालेको भन्दै कलेजलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा शिक्षामन्त्री गोपलमान श्रेष्ठले कलेजका उपाध्यक्ष जीवन प्रकाश शर्मालाइ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन् ।

कलेजले उत्कृष्ट शिक्षालयको रुपमा सम्मानित गर्ने शिक्षामन्त्रालय तथा सम्मानजनक परिणामको लागि महत्वपूर्ण भूमिकानिर्वाह गर्ने नेको नेपाल, कलेज व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारी तथा देशीविदेशी शुभेच्छुकहरुलाई धन्यवाद दिएको छ ।


क्लिकमान्डु