क्यानडालाई हराउनै पर्ने दबाबमा नेपाल



काठमाडौं ।  विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाल एक कदम नजिक छ । विगत लामो समयदेखि नेपाली क्रिकेटले विश्वकप खेल्ने सपना संगाल्दै आएको छ ।

नेपालले बुधबार आईसीसी डिभिजन लिग दुई अन्तरगतको अन्तिम चरणको खेलमा क्यानडालाई हराएमो विश्वकपको एक कदम नजिक पुग्नेछ ।

आगामी मार्चमा जिम्बाबेमा सुरु हुने सन् २०१९ को विश्वकप क्रिकेटका छनोटका लागि सिट सुरक्षित गर्न नेपालले क्यानडालाई पराजित गर्नुपर्ने दबाब छ । क्यानडासँगको खेलमा नेपाल पराजित भएमा विश्वकप सपना डिभिजन दुईबाट नै अन्त्य हुनेछ ।

हालसम्म डिभिजन दुईमा सहभागि ६ टोलीले समान ४ खेल खेलिसकेको छन् । ४ खेलमध्येमा ३ जित र एक हार सहित क्यानडा, नामिबिया र नेपाल शीर्ष ३ स्थानमा छन् ।

युएई २ जित र २ हार सहित चौथो र नेपाललाई मात्र पराजित गर्न सककेको ओमना २ अंक सहित पाचौ स्थानमा र एक खेल पनि जित्न नसकेको केन्या तालिकाको अन्तिमा छ । यस प्रतियोगितको शीर्ष दुई स्थानमा रहने टिमले विश्वकप छनोटका लागि जिम्बाबेको यात्रा तय गर्नेछन् ।

क्यानडा र नामिबियासँग बराबर अंक भए पनि नेट रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा रहन पुगेको हो ।समूह चरणको अन्तिम खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा नेपाल र क्यानडा, युएई र नामिबिया तथा केन्या र ओमन बिच खेल हुने कार्यक्रम छ ।

नेट रनरेटमा कमजोर भएकाले नेपाललाई जिम्बाबे यात्राका लागि क्यानडा माथिको जित अपरिहार्य छ ।
क्यानडालाई पराजित गर्न सके नेपालको अंक ८ पुग्ने छ र अन्य खेलमा जुनसुकै नजिता आएपनि नेपालको शीर्ष दुई स्थान सुरक्षित हुनेछ ।

तर, क्यानडालाई पराजित गर्न नेपालाई सहज भने हुने छैन । यस प्रतियोगितामा नेपालले बलरका कारण खेल जितिरहेको भने ब्याटिङमा धेरै सुधारको आवश्यक देखिन्छ । बलरले आफ्नो स्तर अनुसारको खेल र ब्याटिङ सुधार गर्न आवश्यक छ ।


क्लिकमान्डु