अख्तियार भन्छ: शिक्षामा भ्रष्टाचार धेरै, कुन निकायको कति उजुरी ?



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रको परेको पाइएको छ ।

आयोगले गत आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी शिक्षा क्षेत्रका उजुरी परेको पाइएको देखाएको हो । शिक्षा क्षेत्रमा ३ हजार ९७४ वटा उजुरी परेका छन् ।

अधिकाशं उजुरी त्रिभुवन विश्वविद्यालय र जिल्ला स्थित सरकारी विद्यालयका रहेका छन् । घुस लिएको, गैरकानुनी रुमपा सम्पत्ति आर्जन गरेको तथा छात्रवृत्तिमा अनियमितता गरेको जस्ता बढी उजुरी परेको आयोगले जनाएको छ ।

यस्तै स्थानीय निकायको पनि उजुरीको मात्रा बढी रहेको छ । स्थानीय निकायमा हुने विकास निर्माण कार्यमा भ्रष्टाचार भएको, अनियमितता बढेको तथा कर्मचारीले नहुने कामलाई पनि पैसाको बलमा गरेको जस्ता उजुरी आयोगमा परेका छन् । स्थानीयको उजुरी ३ हजार ४२ रहेका छन् ।

आयोगको केन्द्रीय कार्यालयमा १३ हजार ९३ वटा उजुरी पर्दा आयोगको कञ्चनपुर कार्यालयमा १ हजार ६८ वटा मात्रै उजुरी परेको थियो ।

भूमि सुधार तथा भूमि सुधारसँग जोडिएका उजुरीको संख्या तेस्रो नम्बरमा रहेको छ । मालपोत तथा नापी कार्यालयसँग जोडिएका उजुरीको संख्या १ हजार ३४१ रहेका छन् ।

स्थानीय पछि सबैभन्दा बढी भ्रष्टाचार हुने निकायको रुपमा रुपमा स्वास्थ्य मन्त्रालय र मातहतका निकाय बढी रहेका छन् । सो मन्त्रालय र मातहतका निकायमा आव २०७३/७४ मा ९०१ वटा उजुरी परेका छन् ।

गृह मन्त्रालय मातहतका निकायका उजुरीको संख्या ८९५ वटा रहेका छन् भने वन तथा भूसंरक्षण मन्त्रालय मातहतका निकायका उजुरीको संख्या ७५७ रहेका छन् ।

आयोग र मातहतका कार्यालयमा कुल उजुरीको संख्या १९ हजार ५८० रहेका छन् । त्यमध्ये ११ हजार ८६१ वटा उजुरी फछ्र्यौट भएका छन् । अझै फछ्र्यौट हुन बाँकी उजुरीको संख्या ७ हजार ७१९ रहेका छन् ।

क्षेत्रगत आधारमा हेर्दा आयोगको केन्द्रीय कार्यालयमा नै सबैभन्दा बढी उजुरी परेको पाइएको छ । आयोगको केन्द्रीय कार्यालयमा १३ हजार ९३ वटा उजुरी पर्दा आयोगको कञ्चनपुर कार्यालयमा १ हजार ६८ वटा मात्रै उजुरी परेको थियो ।


क्लिकमान्डु