भारतको पानी जहाज कारखानामा विस्फोटमा पाँचको मृत्यु



नयाँदिल्ली । भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

केरला प्रदेशमा मङ्गलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान कारखानामा सो विस्फोटनको घटना भएको हो ।

एउटा विमान मर्मत भईरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन ।

स्थानीय संबाददाताहरुले घटनामा घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।

विस्फोटनको कारण अहिले सम्म खुल्न नसकेको अधिकारीहरुले बताएका छन् । आगलागी भएको विमानभित्र दुई जना अझै च्यापिएको समाचारमा जनाइएको छ ।

केरलाका मुख्य मन्त्री पिनारायी विजयानले घटनाप्रति दूःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गरेका छन् ।


क्लिकमान्डु