सेयर बजार र घरजग्गामा मौद्रिक नीति झन कडा



काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर बजारलाई भने केहीपनि कुरा समेटेको छैन । सेयर बजार निरन्तर ओरालो लागेको समयमा मार्जिन लेन्डिङ खुकुलो बनाउनुपर्ने माग सेयर बजारका लगानीकर्ताको थियो ।

तर,मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले ओभरड्राफ्ट कर्जामा कडाई गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कुल कर्जाको १५ प्रतिशतसम्म मात्र ओभरड्राफट कर्जा दिन पाइने व्यवस्था गरेको छ ।

अहिले ओभरड्राफट शिर्षकमा १७ प्रतिशत कर्जा छ । यस्तो कर्जाको सिमा आगामी पुस मसान्तसम्ममा १५ प्रतिशतमा झानुपर्ने हुन्छ ।

लगानीकर्ताले मार्जिन लेन्डिङमा सहुलियत दिन भनेपनि मार्जिन लेन्डिङबाट ठूलो रकम सेयर बजारमा लगानी भएको थिएन ।

ठूलो मात्रामा सेयर बजार र घरजग्गामा ओभरड्राफट शिर्षकमा गएको कर्जा प्रयोग भएको बुझाई राष्ट्र बैंकका अधिकारीको थियो ।
सेयर बजार ओरालो लागेपनि घरजग्गाको कारोबार भने ओरालो लागेको छैन ।


क्लिकमान्डु