अब २५ अर्बको पुनरकर्जा कोष



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कोषलाई बढाएको छ । यसअघि २० अर्ब रहेको पुनरकर्जालाई राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट ५ अर्ब रुपैयाँले बढाएर २५ रुपैयाँ पुर्याएको हो ।

पुनरकर्जा कोषमा भएको रकमबाट राष्ट्र बैंकले तोकेका उत्पादनमूलक क्षेत्रमा बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज होस् भनेर ६ महिनाका लागि सस्तो ब्याजमा पुनरकर्जा दिने व्यवस्था छ ।

२०७४ पुस मसान्तमा राष्ट्र बैंकले १३ अर्ब २१ करोड रुपैयाँ पुनरकर्जा दिएको छ ।


पुष्प दुलाल