ओभरड्राफ्ट कर्जामा कडाई, कुल कर्जाको १५ प्रतिशतसम्म मात्र दिन पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल कर्जाको १५ प्रतिशतभन्दा बढी रकम ओभरड्राफ्ट शिर्षकबाट दिन नपाइने व्यवस्था गरेको छ ।

ओभरड्राफ्ट शिर्षक अन्तर्गत अत्याधिक कर्जा गएपछि राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा कडाई गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ओभरड्राफ्ट शिर्षकमा जाने कर्जामा कडाई गरेको हो ।

मंसिर महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकले ओभरड्राफ्टमा कुल कर्जाको १७ प्रतिशत ऋण दिएका छन् ।

मंसिर मसान्तसम्ममा १८ खर्ब ७९ अर्ब कुल कर्जामा ओभरड्राफ्टमा ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा दिएका छन् । यो कुल कर्जाको १७ प्रतिशत हुन आउँछ ।


क्लिकमान्डु