बैंकहरुलाई राष्ट्र बैंकले दियो राहत : सिसिडी रेसियो महिनाको अन्तिममा मिलाउँदा हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई राहत दिएको छ ।

चालु आर्थिक वर्षको मध्यावधी समीक्षा गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंकहरुको कर्जा निक्षेप र पुँजी अनुपात(सिसिडी रेसियो)को गणनामा सहजता ल्याएको हो ।

दैनिक गणना गरिने सिसिडी रेसियोलाई महिनामा गणना गर्दा मिलाउन मिल्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
सिसिडी रेसियो दैनिक रुपमा नपुगको अवस्थामा हर्जना लगाउने व्यवस्था थियो । राष्ट्र बैंकले हर्जना महिनामा नमिलेमा मात्र लगाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सिसिडी रेसियो ८० प्रतिशत हुने व्यवस्था छ । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले निक्षेप र पुँजीमा जोडेर आउने रकमको ८० प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था छ ।

हरेक दिन मिलाउनुपर्ने सिसिडी रेसियो अब महिनाको अन्तिम दिन मात्र मिलाउन पाउने सुविधाले बैंकहरुलाई एक दिन मात्र सिसिडी मिलाउदा हुने सुविधा प्रदान गरिएको छ ।


क्लिकमान्डु