सांग्रिला डेभलपमेन्टको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको हकप्रद भर्न अब एक दिन मात्र बाँकी रहेको छ ।

बैंकले पुस १७ गते ८० प्रतिशत हकप्रद बिक्री खुल्ला गरेको थियो ।

बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकमा मंसिर २६ सम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउने छन् ।

हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ ।

एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको बाँकी पुँजी भने बैंकले बोनस सेयर दिएर पुर्याउने छ ।


क्लिकमान्डु