नेप्सेको साइटमा फेरीपनि समस्या



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्सेको) वेवसाइटमा फेरी पनि समस्या देखिएको छ ।

सेयर कारोबार भएपनि नेप्से परिसूचक बढेको वा घटेको विषय केहीपनि हेर्न मिलेको छैन ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली नेप्सेको साइटमा समस्या आएको र प्राविधिकहरुले यसलाई बनाउने काम गरिरहेको जानकारी दिए ।

कारोबार भएपनि लगानीकर्ताले हेर्न चाहेको विषय सार्वजनिक भएको छैन ।
अनलाइन ट्रेडिङमा जाने तयारी गरेको नेप्सेमा यस्तो समस्याले लगानीकर्तामा अन्यौलता थप्ने गर्छ ।

नेप्सेको वेवसाइटमा समस्या देखिएको यो पहिलो घटना भने होइन । करोडौ रकम कारोबार हुने नेप्सेको वेवसाइटमा समस्या देखिनुलाई सामान्य रुपमा भने लिन नसकिने लगानीकर्ताहरु बताउँछन् ।


क्लिकमान्डु