एमाले अध्यक्ष ओलीले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीलार्इ सघाउने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई सघाउने बचन दिएका छन् ।

अध्यक्ष ओली र मुख्यमन्त्रीको दावेदार शाक्यबीच बिहीबार बेलुकी गोप्य भेट भएको छ। सो भेटमा ओलीले शाक्यलार्इ मुख्यमन्त्रीको प्रतिस्पर्धामा अघि बढ्न संकेत गरेको स्रोतले जनायो।

शुक्रबार हुने मुख्यमन्त्रीको निर्वाचनमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी तथा एमालेका अर्का नेता प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले दावी गर्दै आएका छन्।

दुबै नेताले मुख्यमन्त्रीको दावी गरिरहेका बेला अध्यक्ष ओलीले अष्टलक्ष्मीलाई सुटुक्क भेट गरेका हुन्।

प्रदेश नम्बर ३ मा शुक्रबार मुख्यमन्त्रीको लागि निर्वाचन हुँदैछ ।


क्लिकमान्डु