राष्ट्र बैंकमा थपिए ८ जना कार्यकारी निर्देशक, निमित्त दिइएकालाई गरियो बढुवा




काठमाडौं । नेपाल राष्ट्र बैंक संचालक समितिले ८ जना कामु कार्यकारी निर्देशकलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ । राष्ट्र बैंकको हालै बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

यसरी बढुवा हुनेहरुमा गभर्नर कार्यालयमा कार्यरत डा. नेफिल माताङ्गी मास्के, जनशक्ति ब्यवस्थापन विभागमा कार्यरत उपेन्द्र कुमार पौडेल, सामान्य सेवा विभागमा कार्यरत एजिन्द्र प्रसाद लुइटेल, राष्ट्र ऋण ब्यवस्थापन विभागमा कार्यरत डा. भुवनेश प्रसाद पन्त र फाइनान्स कम्पनी नियमन विभागमा कार्यरत बासुदेब अधिकारी छन् ।

यस्तै बढुवा हुने अन्य ब्यक्तिहरुमा वित्त ब्यवस्थापन विभागमा कार्यरत डा. गोपाल प्रसाद भट्ट, आन्तरिक लेखा परीक्षण विभागमा कार्यरत निलम ढुंगाना र बैंकिङ कार्यालय थापाथलीमा कार्यरत झलक शर्मा आचार्य छन् । यी आठै जनालाई राष्ट्र बैंकले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

राष्ट्र बैंकमा कार्यकारी निर्देशक भनेको विशिष्ट श्रेणी हो । कर्मचारीले पाउने सबैभन्दा माथिल्लो पद हो । यसबाहेक सरकारले नियुक्ति गर्ने गभर्नर, २ जना डेपुटी गभर्नर र स्वतन्त्र संचालकहरु कार्यकारी निर्देशकभन्दा माथिल्लो तहमा बसेर राष्ट्र बैंकको नीति निर्माणको भूमिका निर्वाह गर्ने गर्छन् ।

राष्ट्र बैंकमा १७ वटा विभाग छन् । ती विभागको नेतृत्व कार्यकारी निर्देशकलाई दिने ब्यवस्था छ । अब राष्ट्र बैंकमा कार्यकारी निर्देशकको संख्या १७ पुगेको छ ।


क्लिकमान्डु