इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा



इलाम । जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ । भवनको निर्माण कार्य पूरा भएसँगै नयाँ भवनबाट कामकाज शुरु गरिएको हो ।

विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो ।

अब भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंग सिंजापतिले जानकारी दिए ।

तीन करोड ३० लाख रुपैयाँको लागत बनाइएको यो भवनमा निर्माणका केही काम अझै बाँकी रहे पनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम शुरु गरिएको बताइएको छ ।

दुईतले यो भवनमा ११ कोठा र सुरक्षा गार्ड बस्ने घरसमेत छ ।


क्लिकमान्डु