नेप्से १२ अंकले घट्यो, २६ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०१ अंकले घटेको छ । नेप्से ०.८६ प्रतिशतले घट्दा १३८२ .०२ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार बुधबार १ सय ५२ कम्पनीका ७ लाख ४२ हजार १० कित्ता सेयर खरिद विक्री भएको छ । २६ करोड ५५ लाख ६६ हजार ७ सय रुपैयाँको कारोबार भएको छ ।

विकाश बैंक समूह ६.५७, बीमा समूह ८३.०५, माइक्रो फाइनान्स १५.९१, होटल समूह १८.१३, बैंकिङ समूह १०.५, जलविद्युत समूह ६.६३, उत्पादन मूलक समूह १६.२९ र अन्य समूह ९ अंकले घटेका हुन् ।

वित्तीय समूह ४.३३ र ट्रडिङ समूह ३.२ अंकले बढेका हुन् ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनानस्का लगानीकर्ताले ६.१६ प्रतिशतले कमाइ गरेका छन् ।

कालिका माइक्रको क्रेडिट डेभलपमेन्टका लगानीकर्ताले ४.१८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमाण्डू