सि.जी. एसेसरिजले ब्लूटूथ हेडसेट– ‘सि.जी. पल्स’ बजारमा ल्यायो



काठमाडौं । सिजी मोबाइल्सले सिजी पल्स नामक वायरलेस हेडसेट लोकप्रिय सि.जी. एसेसरिजको रुपमा सार्वजनिक गरेको छ ।

गित र अडियोका लागि विशेषरुपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगितप्रेमीहरुका लागि उत्तिकै महत्वको रहेको छ । नयाँ सिजी पल्स मोबाइल फोनहरु, ल्यापटपहरु, तथा अन्य मोबाइल डिभाइसहरु जसमा ब्लूटूथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका लागि उपयुक्त हुने कम्पनीले जानकारी दिएको छ ।

सि.जी. मोबाइल्स अन्तगर्तको सि.जी. एसेसरिजहरुलाई लोकप्रिय बनाउन सि.जी. पल्समा ४.१ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले केबल एक पटक चार्ज गरेपछि निरन्तर ६० घण्टासम्म प्रयोग गर्न सकिन्छ, त्यसै गरी ३ घण्टासम्मको टक टाइम र प्रयोग गर्न सकिन्छ ।

प्रयोगकर्ताहरुले निरन्तर आफ्ना डिभाइसहरुमा कनेक्ट गरेर शारिरिक व्यायाम गरिरहेको बेला, काममा रहेको बेला, कुराकानी गरिरहेको बेला वा अन्य कुनैपनि समयमा बिना कुनै अवरोध गीत संगितको आनन्द लिन सक्नेछ ।

यो डिभाइस उच्चतहको रिचार्ज गर्न मिल्ने ली ब्याट्रिसहित आउँछ, जसमा ५ भोल्टको चार्जिङ प्रयोग गरिएको छ । यो डिभाइस पूर्णरुपमा चार्ज गर्न २ घण्टा मात्र लाग्ने बताईएको छ ।

‘मोबाइलमा मिडियाको उपभोग निरन्तर बढिरहेको सन्दर्भमा, हामीलाई हाम्रा ग्राहकहरुको अनुरोधलाई ध्यानमा राखेर हामीले नयाँ वायरलेस उत्पादनहरु ल्याउन पाउँदा निकै हर्षित भएका छौं, जसमा उच्च तहको अडियो क्वालिटी र टिकाउ पनि छन्,’ चौधरी ग्रुप सिजी मोबाइल डिभिजनका बिजनेस यूनिट हेड रमेश श्रेष्ठले भने ।

सिजी पल्स ब्लूटूथ हेडसेटको मूल्य ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु