भ्यालेनटाइन डेः युवकले एउटा गुलाब किन्दा युवतीले किन किन्छन् १० वटासम्म ?




काठमाडौं । आज फेब्रुअरी ७ तारिक । अर्थात प्रेम दिवस (भ्यालेन्टाइन डे) औपचारिक सुरुआत हुने दिन ।

पश्चिमा संस्कृति अनुसार आजदेखि भ्यालेन्टाइन डेको चरण सुरु हुन्छ । साताब्यापी रुपमा मनाइने भ्यालेन्टाइन डेको पहिलो दिन अर्थात फेब्रुअरी ७ तारिकको दिन रोज डे मनाउने गरिन्छ ।

यसपछि क्रमैसँग प्रपोज डे, चकलेट डे, प्रमिस डे, हग डे, किस डे र अन्तिममा भ्यालेन्टाइन डे मनाइन्छ ।

हामी यहाँ रोज डेको चर्चा गर्दैछौं । भ्यालेन टाइन डे नजिकिएसँगै उपत्यकाभित्रका फूल पसलहरु विभिन्न प्रकारका रोज (गुलाब) ले भरिन थालेका छन् । नेपालमा जाडो महिनामा फूलको उत्पादन कम हुने भएकाले धेरै जसो फुलहरु भारतबाट आउने गछन् ।

राष्ट्र इटाली र थाइल्याण्डबाट पनि रोजहरु भित्रिने गरेको ब्यापारीहरु बताउँछन् । भ्यालेनटाइन डेमा विभिन्न फूल पसलहरुले भारतबाट आएको डज रोज तथा नेपालमै फुलेको लोकल रोज बेच्ने गर्छन् ।

कमलादीमा रहेको उमन इन फ्लोरेन्स सपकी विक्रेता रिया राई भ्यालेनटाइन डेका लागि पुरुषलेभन्दा महिलाले बढी रोजहरु किन्ने गरेको बताउछिन् । उनी भ्यालेनटाइन डेका लागि ३ हजार रोज ल्याउने तयारीमा रहेकी छन् ।

भारतबाट आयात हुने गरेका डज रोज छिटो नओइलाउने र टिपेको दश दिनसम्म पनि त्यसमा भएका पात नझर्ने भएकाले नेपालमा यसको माग बढ्दो छ ।

जाडो महिनामा नेपालमा फूल कमै फुल्ने गर्छन् । त्यसैले भ्यालेनटाइनमा आउने फूलहरु सबै जसो भारतबाटै आउने राइले बताइन् ।

सामान्य समयमा ६० देखि ७० रुपैयाँसम्ममा विक्री हुने गरेको रोज भ्यालेनटाइन डेमा भने १ सय रुपैयाँभन्दा बढी मूल्यमा विक्री हुने गरेको छ ।

‘भ्यालेनटाइन डेमा केटाहरुले एउटा फूल किन्छन् भने केटीहरु एउटैले १० वटासम्म किन्ने गर्छन्,’ राई भन्छिन् ।

यस्तै न्यू वालिन फ्लावर्स डेकोरेसनका विक्रेता शुभ दिप भने आफ्नो पसलमा भारत, इटली र थाइल्याण्डबाट रोज आउने गरेको बताउछन् ।

उनी भारतबाट आएको फूल ८० देखि ९० रुपैयाँसम्ममा विक्री गर्ने गर्छन् । थाइलान्ड र इटलीबाट आएको फुल भने १०० रुपैयाँभन्दा बढी मूल्यमा विक्री हुने गरेको उनले बताए ।

उनी पनि पुरुषभन्दा महिलाले नै धेरै फूल किन्ने गरेको बताउँछन् । सामान्यतः दैनिक ३ देखि ४ हजार रुपैयाँसम्मको फूल व्यापार हुने गरेको बताउने उनी भ्यालेनटाइ डेमा भने दैनिक १० हजार रुपैयाँसम्मको फूल बिक्री हुने बताउँछन् ।

यस्तै एस किल्निङ सेन्टरकी व्यापारी रिता बलामी भने भ्यालेनटाइन डेमा रोज एक आपसमा साट्जे भएका कारण केटा र केटी सबैले बराबर किन्ने गरेका छन् ।

‘अहिले एउटा रोज ५० देखि ८० रुपैयाँसम्मा विक्री गर्ने गरेका छौैं, भ्यालेनटाइनको रोज आउँनै बाँकी छ, कस्तो मूल्यमा आउँछ, त्यही अनुसार विक्री मूल्य तोकिने हुन्छ,’ उनले भनिन् ।

उनका अनुसार रोज व्यापार हुने भनेको भ्यालनटाइनडेको अघिल्लो दिन र भोलिपल्ट हो ।

क्लोभरका व्यापारी राजेन्द्र लाल प्रधान हाल आफ्नो स्टोरमा भ्यालेनटाइन डेको लागि रोज नआइसकेको बताउछन् । सामान्य समयमा दैनिक ७० देखि ८० हजार रुपैयाँसम्मको व्यापार गर्ने गरेका उनी भ्यालेनटाइन डेमा भने दैनिक २ लाख रुपैयाँसम्मको ब्यापार हुने बताउँछन् ।


क्लिकमान्डु