एनआईसी एशिया बैंकद्धारा सी-आस्वा सेवा सञ्चालन



काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा फागुन ११ गतेदेखि अनिवार्य रुपमा सी-आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा सो प्रणाली मार्फत आवेदन दिंदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहक महानुभावहरुलाई समयमै सी-आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले आजबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।

अब यस बैंकका ग्राहक महानुभावहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयरमार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्नु हुने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी-आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु