एनसीसी बैंकको वर्दघाटमा शाखा स्थापना



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले नवलपरासी जिल्लाको वर्दघाट नगरपालिका, वर्दघाटमा नयाँ शाखाको शुभारम्भ गरेको छ । सो शाखाको समुद्घाटन एनसीसी बैंकको संचालक समितिका सदस्य कृष्ण श्रेष्ठले गरे ।

सो अवसरमा संचालक कृष्ण श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकको निर्देशानुसार शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामिण क्षेत्रहरुमा समेत शाखा विस्तार गर्न लागेको जानकारी गराए । सोही कार्यक्रममा वर्दघाट नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष रबिन्द्र विक्रम हमालले आफ्नो क्षेत्रमा शाखा सञ्चालन गरेको खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण एवं नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्थानीय निकायमा समेत शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।


क्लिकमान्डु