नेप्से ६ अंकले घट्यो, २४ करोडको कारोबार



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.०२ अंकले घटेको छ । नेप्से ०.४३ प्रतिशतले घट्दा १३९४ .०३ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ५२ कम्पनीका ७ लाख ९ हजार ८ सय ३ कित्ता सेयर खरिद विक्री भएको छ । २४ करोड २० लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

विकाश बैंक समूह ३.९३, बीमा समूह ३०.१८, माइक्रो फाइनान्स ७.५५, वित्तीय समूह ०.१८, होटल समूह ६.८७, बैंकिङ समूह ५.७९, जलविद्युत समूह २२.५४, ट्रडिङ समूह ५.८२ र अन्य समूह ०.२८ अंकले घटेका हुन् ।

सिन्धु विकास बैंकका लगानीकर्ताले ४.५८ प्रतिशतले कमाइ गरेका छन् ।

कर्णाली विकास बैंकका लगानीकर्ताले ४.६१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु