एलआईसी नेपालको पेन्सन बीमा योजना सार्वजनिक



काठमाडौं । एलआईसी नेपालले नयाँ बीमा योजना बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पेन्सन उपलब्ध गराउने योजनासहित पेन्सन बीमा योजना ल्याएको हो ।

कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमका बीच जीवन अक्षय–१ नामक पेन्सन बीमा योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले सो बीमा योजना सार्वजनिक गरे ।

”पेन्सन…अब नो टेन्सन π” भन्ने सन्देशकासाथ न्युनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना बजारमा ल्याएको हो ।

जीवन अक्षय–१ योजना बीमा चालु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एकमात्र योजना हो । यस योजनामा विमितले शुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पति÷पत्नीलाई पनि जीवनभर ५० प्रतिशत पेन्सन सुविधा दिने प्रावधान राखिएको छ ।

यस कम्पनीमा केही वर्षअघिदेखि जीवन तरङ्ग नामको पेन्सन प्रकृतिको बीमा योजना बिक्री हुदै आएको थियो, जसमा परिपक्वतापछि बीमाड्ढको ५५ रकम वार्षिकरुपमा पेन्सनकोरुपमा आजीवन पाइन्थ्यो । तर, बीमा समितिबाट पारित यस योजनामा वर्तमानदर तथा विमितको उमेर अनुसार बीमाड्ढ रकममा सर्वाधिक ११.७७ प्रतिशतसम्म रकम पेन्सनको रुपमा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

एलआईसी नेपालको का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले आमनागरिकहरुलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए।


क्लिकमान्डु