सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ्ग सेवा रौतहटको बिजयपुरमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाकोे फतुवा बिजयपुर नगरपालिकामा यहि माघ १५ गतेबाट शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेश प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।


क्लिकमान्डु