आइएमई जनरल इन्स्योरेन्सले थप्यो २ नयाँ शाखा र एक उप-शाखा



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले थप दुई नयाँ शाखा कार्यायहरु झापाको दमक, सुनसरीको इटहरीमा संचालनमा ल्याएको छ ।

साथै, कम्पनीले मोरङ्गको विराटचोकमा उप शाखा संचालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त गरेका थिए ।

शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

शाखाको उद्घाटन गर्दै ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्दै जाने जानकारी दिएका थिए ।

कम्पनीको २६ वटा शाखा, ३ वटा उपशाखा तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालयसहित ४० स्थानबाट बीमा सेवा दिदै आएको छ ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिएका थिए ।


क्लिकमान्डु