नेप्से परिसूचक १०.४६ अंकले घट्यो



काठमाडौं । साताको दोस्रोे दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४६ अंकले घटेको छ । नेप्से ०.७४ प्रतिशतले घट्दा १४०० .०५ विन्दुमा पुगेको हो ।

नेप्सेमा आज १ सय ५४ कम्पनीका ९ लाख १५ हजार ५ सय २३ कित्ता सेयर खरिद विक्री भएर ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँको कारोबार भएको छ ।

विकास बैंक समूह १४.१९, बीमा समूह ८४.८१, माइक्रो फाइनान्स १७.३८, वित्तीय समूह ६.९६, होटल समूह ८, बैंकिङ समूह ७.०९, जलविद्युत समूह ३०.२, ट्रडिङ समूह ०.०९, उत्पादन मुलक समूह १.१७ र अन्य समूह ३.३८ अंकले घटेको छ ।

नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले कमाइ गरेका छन् । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ५.७६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु