टुइटरका भाइसप्रेसिडेन्ट भन्छन्: अफिसको तनाव मेटाउन यी ५ काम गर्नुस्



काठमाडौं । पछिल्लो समय मानिसहरु आफ्नो कामको गतिका कारण तनाब महसुस गर्ने गर्छन् । मानिसहरुको दैनिक निकै व्यस्थ बन्ने गरेको छ । आफ्नो लक्ष्यलाई पाउने प्रयासमा हामी विभिन्न समस्यासँग लड्नु परिरहेको हुन्छ । पेशागत जीन्दगी र निजी चुनौतीहरु बिच आफ्नो लक्ष्यलाई चुम्ने प्रयासमा प्रायः हाम्रो तानव जीवनको कारण बन्न पुग्छ ।

हुन त यसबाट बच्न कुनै औषधी वा त्यस्तो चमत्कार जस्तो कुरा छैन । तर, यसबाट बच्ने केही टिप्स भने छन् । जसकारण तपाई घर र अफिसका बीच खेप्नु पर्ने समस्यालाई कम गर्न सक्नुहुने छ । टुईटरका युरोपीयन भाइस प्रेसिडेन्ट ब्रूस डेस्लीले यसका ५ उपायहरु बताएका छन् । जसले तपाईको जीवनको तनावलाई कम गर्न मद्त पुराउने छ ।

१.इमेल बन्द गर्नुस्: धेरै मानिसहरु आफिस पछि पनि प्राय आफ्नो इमेल चेक गर्ने गर्छन । विश्वभर भएको रिसर्चले के देखाएको छ भने घरी घरी इमेल बक्स चेक गर्नाले तपाईको तनाव बढ्ने गर्छ ।

ब्रूसका अनुसार अफिसबाट निस्केपछि आफ्नो इमेल बक्सलाई पनि बन्द गर्ने गर्नुहोस । अझ बिदाको दिन इमेल खेल्ने काम गर्दै नगर्नु । यसले तपाईको तनावलाई केही कम गर्न मद्त पुराउने छ ।

२. आफ्नो लन्च टाइममा गर्ने गर्नुहोस्: प्रायः मानिसहरु अफिसमा काम गर्ने क्रममा दिउँसोको लन्च गर्दैनन् । केही मानिसहरु भने डेक्समा नै लन्च गर्ने गर्छन । ब्रुसका अनुसार लन्च खाए भन्नको लागि हैन माइन्ड फ्रेसको लागि खाने गर्नुस् ।

लन्च बक्स आफ्नो डेकसबाट केही टाडा राख्नुस र खानाको भरपुर मजा लिएर खाने गर्नुहोस् । लन्च तनाव पूर्ण माहोलमा खाँदा त्यसले मानसिक समस्यालाई टाडा राख्नुको सट्टा झन नजिक ल्याउने गर्छ । त्यसैले भरसक खाजा खान साथीहरुसँग केही समय निकालेर भए पनि निस्कने गर्नुस् ।

३. भिक्षु बन्नुस्: ब्रुसका अनुसार घर र अफिसको भागदौडले तपाईको मानसिक तनाव बढाउने गर्छ । यसबाट बच्नको लागि बिहानको समय कुनै यस्तो ठाउँमा गएर बिताउनुहोस् जहाँ कुनै हो हल्ला नहोस् । शान्त ठाउँमा २ घण्टा समय बिताउँदा यसले तपाइँलाई मानसिक तनावबाट टाडा राख्न सहयोग पुर्याउने छ ।

४. मानिसहरुसँग कुरा गर्ने गर्नुहोस्ः पछिल्लो समय धेरै जसो मानिसहरु कामको समयमा कुराकानी कम गर्ने गर्छन् । कामको तनावका कारण समस्या बढ्ने भएकाले समय समयमा कुराकानी गर्नु तनावबाट निस्कीने एउटा उपाय हो ।

एक रिसर्चका अनुसार कफी र पानीको मेसिनलाई अफिसबाट जती टाढा राख्यो उती नै राम्रो हो । मानिसहरु पानी लिन या कफी पिउन जाँदा केही समय मात्र भएनी गफ गर्न पाउने छन् । यसले उनीहरलाई तनाबबाट टाडा राख्न मद्त पुग्छ ।

५. डिजीटल ब्रेक लिने गर्नुस्ः यदी तपाई अफिसमा बढी समय कम्प्यूटरमा बिताउने गर्नुहुन्छ भने एकै छिन ब्रेक लिने गर्नुस् । लगातार मोबाइल वा कम्प्यूटरमा लागिरहँदा मानसिक तनाव बढ्ने गर्छ ।

ब्रुसका अनुसार छुट्टी र फ्रि समयको भरपुरा फाइदा उठाउनु पर्छ । त्यसलाई मेल हेर्न तिर लागियो भने तनाव मात्र सृजना हुने गर्छ । बिबिसि हिन्दीबाट


क्लिकमान्डु