एनबी बैंकको एटीएम सेवा ठमेल सातघुम्तिमा



काठमाडौं । नेपाल बंगलादेश बैंकले पर्यटकीय केन्द्र ठमेलको सातघुम्तिमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५०औं एटीएम सेवा हो ।

बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरेका हुन् । यस सेवाले ठमेल क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।

बैंकले पुससम्म ४३ करोड ८० लाख ४९ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


क्लिकमान्डु