अक्षरा शैक्षिकप्रदर्शनी २०७४ सुरु



काठमाडौं । काँडाघारी स्थित अक्षरा स्कुलको ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भएको छ ।

कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेता पनि सातकक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना भएको बताइन्छ ।

कागेश्वरी मनोहरा नगरपालिकाकाप्रमुख कृष्णहरि थापाले उद्घाटन गर्दै अक्षरा स्कुल कागेश्वरी मनोहरा नगरपालिकाकै गहनाभएको उल्लेख गर्नुभयो ।

शैक्षिक प्रर्दशनीमा विद्यालयका सबै विद्यार्थी सहभागी भएर विभिन्न शैक्षिक स्टलहरु राखेका थिए । प्रर्दशनीमा विज्ञान, नेपाली, इतिहास, भुगोल, प्रदेश, जलविद्युत, सडक, कम्प्युटर, मोवाइल र यससंग सम्वन्धित सफ्टवेयर लगायतगरि ६० स्टल समावेश रहेको विद्यालयकी प्रिन्सिपल अञ्जु भट्टराईले बताइन् ।


क्लिकमान्डु