ज्योति विकास बैंकले खोल्यो ठमेलमा नयाँ शाखा



काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयूक्त रुपमा सो शाखाको उद्घाटन गरेका थिए ।

सो अबसरमा बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति ठमेल सरसफाई कार्यक्रम समेत आयोजना गरिएको थियो ।

बैंकले निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । बैंकले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ब्द्यद्यक् सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।


क्लिकमान्डु