भारतीय टिभी, कार, मोवाइल र जुत्ता नेपालमा महंगो हुन सक्ने



काठमाडौं । भारतीय सरकारले आज सार्वजनिक गरेको बजेटको असर नेपाली बजारमा समेत पर्ने छ ।

यस बजेटले भातीय बजारमा मोवाइल, टिभी र कारलगायतका बस्तुहरुको पार्टस आयातमा भन्सार दरमा वृद्धि गरेकाले मूल्य बढ्ने अबस्था सृजना भएको हो ।

भारतमा उत्पादन हुने कारहरुको तेस्रो मुलुकबाट आयात गरिने पार्टसहरुमा लाग्दै आएको भन्सार दरमा ५ प्रतिशतले वृद्धि गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

यसले भारत बाहेक देशबाट ल्याउने कारका पर्टसहरुको मूल्य महंगो हुने छ । कार उत्पादन लागत बढ्ने छ, त्यसको प्रभाब नेपाली बजारमा समेत पर्न सक्ने छ ।

त्यसैगरी मोवाइल फोन उत्पादनमा आयत गरिने पार्टस र टेलिभिजन उत्पादनमा प्रयोग हुने पार्टसहरुको आयातमा समेत भन्सार वृद्धि गरिएको छ । जसले भारतीय बजारमा यी बस्तुहरु महंगो हुने आँकलन गरिएको छ ।

भारतीय उत्पादनको रुपमा नेपाल आउने टेलिभिजन, मोवाइललगायतका बस्तुहरुको मूल्य नेपालमा समेत बढ्न सक्छ ।

जुत्ता बनाउन प्रयोग हुने कच्चा पदार्थमा समेत भन्सार दर बढाइएको छ । त्यसले भारतीय बजारबाट नेपाल आउने जुत्ताहरु अब पहिला भन्दा महंगो हुने छन् ।


क्लिकमान्डु