सेन्चुरीले ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सेन्चुरी बैंकले ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले सेन्चुरीले अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको एक्विजिसन र ४० प्रतिशत हकप्रद बिक्रीपछि कायम भएको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख ६१ हजार ८३८ रुपैयाँको ५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

बैंकले त्यसमा ५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

बोनसपछि सेन्चुरीको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार ९३० रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३२ करोड ५१ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


क्लिकमान्डु