ट्रम्पको पहिलो व्यापार नीतिमा धक्का, बोइङसँगको मुद्दामा बमबार्डियर विजयी



एजेन्सी । अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका फस्ट’ व्यापार नीतिमा पहिलो व्योहोर्नु परेको छ । अमेरिकाको जहाज निर्माता कम्पनी बोइङसँगको मुद्दामा क्यानेडियन वायुयान निर्माता कम्पनी बमबार्डियर विजयी भएको छ । विजयसँगै बमबार्डियर निर्मित सी–सिरिजका विमानमा २९२ प्रतिशतको भन्सार फिर्ता भएको छ ।

विमानको केही अंश बेलायतमा पनि निर्माण गरिन्छ । विदेशी समान आयातमा कडा गर्ने नीति अनुरुप ट्रम्प प्रसाशनले ल्याएको ‘अमेरिका फस्ट’ व्यापार नीति नै सच्याउनु पर्ने सन्देश मुद्दा दिएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।

विमानको निर्माणका लागि बेलायत र क्यानडाले पक्षपातपूर्ण सहुलियत दिएको अमेरिकी वाणिज्य विभागले डिसेम्बरमा जनाएको थियो । बेलायती प्रधानमन्त्री थेरेसा मेले आदेशको स्वागत गरेकी छन् ।

उत्तरी आयरल्यान्डमा हजारौं रोजगारी दिँदै आएको कम्पनीबाट आदेशले रोजगारी अव कटौति नहुने भएको छ । अमेरिकी प्रतिद्वन्द्वी बोइङले उजुरी दर्ता गरेपछि अगाडि बढेको मुद्दामा बमबार्डियरले हार्ने अपेक्षा सबैतिर गरिएको थियो ।

तर आश्चर्यजनक रुपमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोग (आईटीसी) ले क्यानेडियन फर्मको पक्षमा आदेश सुनाएको छ । मे ले बेलायती उद्योगका लागि सुखद समाचार भएको बताएकी छन् ।

‘बमबार्डियर र उसको आविष्कारीय कार्यबलले उत्तरी आयरल्यान्डको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ उनले भनिन् ।

आईटीसीले बमबार्डियरको पक्षमा ४-० ले मतदान गरेको छ । यसले अमेरिकी म्यानुफ्याक्चररलाई कुनै पनि चोट नपुराउने आईटीसीले जनाएको छ । अब अमेरिकी विमान सेवा कम्पनीले सी–सिरिजको विमान अर्डर गर्दा २ सय ९२ प्रतिशतको भन्सार लाग्नेछैन । बेलायतका झन्डै ५० कम्पनीले सी सिरिजको विमानका लागि पार्ट्सको आपूर्ति गर्दै आएका छन् ।

विमानको पंखा निर्माण हुने बेलफास्टमा विमानको सफलतामा १ हजार रोजगारी निर्भर रहँदै आएका छन् । निर्णय आविष्कार, प्रतिस्पर्धा र कानुनी शासनको दृष्टिकोणबाट विजय भएको बमबार्डियरका प्रवक्ताले बताए ।


पुष्प दुलाल