चमेलियाको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा, १६ अर्ब रुपैयाँमा ३० मेगावाट उत्पादन



दार्चुला । चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सम्पन्न भएको छ ।

यो सँगै १५ मेगावाट विद्युत् भोलिदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

अर्को युनिटबाट  उत्पादित थप १५ मेगावाट विद्युत्को  परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिए ।

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । आठ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी)ले निर्माण गरिरहेको छ ।


क्लिकमान्डु