‘कुलिङ पिरियड’ले नबिल बैंकमा अनिल शाहको नियुक्ती खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको ‘कुलिङ पिरियड’को कारण नबिल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय खारेज गरेको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सिइओ पदबाट राजिनामा दिएको ६ महिनासम्म अर्को बैंकमा सिइओ बन्न पाइदैन । नबिल छाडेर मेगामा गएका शाह दुईवर्षे कार्यकाल पुरा गरेपछि नबिलमा आएका थिए । बिचमा सेन्चुरी जाने सम्झौता गरेर तलब घट्ने भएपछि उनी नबिल गएका थिए ।

जेठसम्म शाह कुनैपनि बैंकमा सिइओ बन्न पाउदैनन् । सिइओ खाली भएको ३ महिनाभित्र सिइओ नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले पहिलेदेखिनै कार्यान्वयनमा ल्याइसकेको छ ।

नबिल बैंकको सोमबार बसेको संचालक समितिको बैठकले शाहलाई सिइओ पदमा गर्ने गरेको नियुक्ती खारेज गरेको थियो ।

‘६ महिनासम्म अनिल शाह सिइओ बन्न नपाउने हामीले ३ महिनाभन्दा बढी खाली राख्नपनि नमिल्ने त्यो भएपछि शाहको नियुक्ती खारेज गरिएको हो’नबिल बैंकका एक संचालकले भने ।


क्लिकमान्डु