खाद्य संस्थाले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० कर्मचारी माग्यो



काठमाडौं । खाद्य संस्थानले एसएलसीदेखि स्नातकोत्तर उतिर्ण २० जना कर्मचारी माग गरेको छ । संस्थानले सहायकदेखि वरिष्ठ अधिकृतसम्म माग गरेको हो ।

संस्थानले सबैभन्दा धेरै सहायक (प्रशासन) मा ६ जना माग गरेको छ । सहायकमा खुल्ला तर्फ ३, महिला, आदीबासी र मधेसी तर्फ १÷१ जना माग गरेको छ ।

बरिष्ठ अधिकृत (कानून), बरिष्ठ अधिकृत (गुण नियन्त्रक), बरिष्ठ अधिकृत (मिल मेकानिक्स), बरिष्ठ अधिकृत (प्रशासन), अधिकृत (सिभिल इन्जिनियर), अधिकृत (गुण नियन्त्रक), अधिकृत (मिल मेकानिक्स), बरिष्ठ सहायक (मिल अपरेटर) मा १÷१ जना खुल्ला तर्फ माग गरिएको छ ।

यस्तै अधिकृत (प्रशासन) मा ४ जना माग गरिएको छ । अधिकृत तर्फ खुल्ला २ जना तथा मधेसी र दलित तर्फ १÷१ जना माग गरिएको छ ।
साथै, बरिष्ट सहायक (प्रशासनमा २ जना माग गरिएको छ । सो पदमा खुल्ला र महिला तर्फ १÷१ जना माग गरिएको छ ।

संस्थाले लिखित तथा अन्तरवार्ताबाट कर्मचारी छनोट गर्ने जानकारी दिएको छ । नेपाल बैंक धर्मपथ शाखाको खाता नम्बर ००२३०४००४९७५९२०००००१ मा ५० रुपैयाँ दरखास्त फारमका लागि ५० बुझाउनु पर्नेछ । दरखास्त फारम संस्थानको प्रूधान कार्यलय, भद्रकाली प्लाज, काठमाडौंबाट प्राप्त गर्न सकिन्छ ।

फागुन १७ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरी अर्को ७ दिन भित्र दरखास्त बुझाउन सकिन्ने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।

 


क्लिकमान्डु