फागुन २४ देखि ७औं अन्तराष्ट्रिय व्यापार मेला सुरु



काठमाडौं । नेपाल उद्योग वार्णिज्य महासंघले फागुन २४ गतेदेखि २८ गतेसम्म ७औं नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१८ आयोजना गर्ने भएको छ ।

भृकुटी मण्डपमा आयोजना हुने मेलामा नेपालमा बनेका लत्ताकपडा, हस्तकला, जुता र गलैंचालगायत सामाग्रीहरुको प्रदर्शनी हुनेछ ।

मेलामा भारत, चीन, बंगलादेश, कोरिया, जापान, इजरायल, जर्मनलगायतका मुलुकहरु सहभागी हुनेछन् ।

मेलामा २ सय स्वदेशी स्टर र १ सय ४० बिदेशी स्टल रहने मेलाका सह संयोजक सबिन प्रभानले जानकारी दिए ।

मेला १० लाखभन्दा धेरैले अवलोकन गर्ने आयोजकहरुले विश्वास लिएका छन् ।
वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वार्णिजय संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा मेला गरिन लागिएको हो ।

मेलामा हस्तकला, पर्यटकीय सामाग्री, कृषी सामाग्री, जलविद्युत आयोजना, संरचना, शिक्ष र आइटी जस्ता सामाग्रीहरु प्रदर्शनीमा राखिने छ ।

यस वर्षदेखि महासंघले प्रादेशिक रुपमा समेत मेला महोत्सवको आयोजना गर्ने भएको छ । यो वर्ष केन्द्र, प्रादेशिक गरी करिब ४ दर्जनभन्दा बढी मेला महोत्सव आयोजना हुने महासंघको कार्यक्रम रहेको प्रधानले जानकारी दिए । केही प्रदेशमा हाल महोत्सव जारी रहेको छ भने केहीमा हुने क्रममा रहेको उनी बताउँछन् ।


क्लिकमान्डु