करिब ५० हजार मेट्रिक टन चिनी नपुग्ने



काठमाडौँ । नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ ।

मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ ।

संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर एक अर्ब १० करोड रुपैयाँ कृषकलाई भुक्तानी गरिने जानकारी दिए ।

उक्त संघले स्वदेशी कृषिजन्य चिनी उद्योगलाई प्रवद्र्धन गर्नका लागि भारतलगायत मुलुकबाट आयात हुने चिनीको भन्सार वृद्धि गर्न माग गरेको छ । चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम रहेकामा ३५ प्रतिशत थप गरी ५० प्रतिशत पु¥याउन व्यवसायीले आग्रह गरेका छन् ।

गत वर्ष उखुप्रति क्विन्टल ५३१ रुपैयाँ कायम गरिएको संघले जनाएको भए पनि कृषकले प्रतिक्विन्टल ४६६ रुपैयाँ मात्र प्राप्त गरेको बताएका छन् । देशभर अहिले १३ उद्योग सञ्चालनमा छन् भने एक लाख कृषक तथा दुई लाख मजदुरलाई रोजगारीमा संलग्न रहेको बताइएको छ ।


क्लिकमान्डु