लक्ष्मी ग्रुपको सुजल डेरीमा दुई दर्जन भन्दा बढीलाई रोजगारीको अवसर



काठमाडौं ।
लक्ष्मी ग्रुपको संचालनमा रहेको सुजल डेरी प्रा.लि ले दुई दर्जन भन्दा बढीका लागि रोजागारीको अवसर दिने भएको छ ।
कम्पनीले विभिन्न पदमा २५ जनाको लागि आवेदन मागेको छ । १२ वर्ष देखि सुजल डेरीले दूधजन्य उत्पादन गर्दै आएको छ ।
कम्पनीले बजार प्रवन्धक १ , सहायक ब्रान्ड म्यानेजर २, ब्रान्ड अधिकृत ४, क्षेत्रिय सेल्स म्यानेजर १, एरिया सेल्स म्यानेजर ४, सेल्स सुपरभाइजर ८, इन्जिनियर १, क्यु ए र क्यु सि विभाग हेन १, भेट डक्टर ३ गरी कम्पनीले २५ जनाको लागि आवेदन मागेको हो । १० दिन भित्र आफ्नो वायोडाटा कम्पनीमा पेश गर्नको लागि आवेदन माग गरेको हो ।


क्लिकमान्डु