कालिका पावरको साधारण सेयर माघ २१ देखि, यस्तो छ कम्पनीको वित्तीय अबस्था



काठमाडौं । कालिका पावर कम्पनीले यही माघ २१ गतेदेखि आयोजना प्रभावित गारेखा जिल्लाका लागि ६ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

सूचना अनुसार आगामी फागुन ६ गतेसम्म उक्त शेयर बिक्री गरिनेछ ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी पहिलो चरणमा आयोजना प्रभावित जिल्लाका लागि १० प्रतिशतको दरमा हुन आउने ६ करोड बराबरको साधारण शेयर बिक्री गर्न लागेको जनाएको हो ।

गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं ४, ५ र १३, अजिरकोट गाँउपालिका वडा नं ४र ५ तथा ६, भीमसेन गाउपालिका वडा नं १, सीरानचोक गाँउपालिका वडा नं ७ र गोरखा नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ । ती गाविसका जनताले २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् ।

गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरिएको छ ।
आयोजना प्रभावितलाई १० प्रतिशत शेयर बिक्री गरेपछि बाँकी रहने १५ प्रतिशत शेयर आम नेपालीका लागि बिक्री गर्ने कम्पनीको तयारी छ ।

दरखास्त दिदा न्यूनतम १० कित्ता र अधिकत्तम ३ हजार कित्ता शेयर आवेदन दिन सकिनेछ । कालिका पावर कम्पनीले निर्माण गरेको दरौदी कालिका ए जलविद्युत् आयोजनाले हाल ६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । दरौदी खोलामा निर्माण गरिएको आयोजना सञ्चालनमा आएपछि गोरखा र आसपासका जिल्लामा विद्युत् भोल्टेजमा रहेको समस्या समाधान भएको छ भने गुणस्तरीय बिजुली प्राप्त भएको बताइएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल मार्कोट लिमिटेड र ग्लोबल आइएमई लिमिटेड रहेको छ । कम्पनीको वित्तीय अवस्था औसत भन्दा तल रहेको छ । इक्रा नेपालले गरेको गे्रडिङमा कालिका पावरको अवस्था औसत भन्दा तल अर्थात् ग्रेड ४ रहेको छ ।

कम्पनीको प्रमुख सञ्चालकामा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष तथा वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे, उनको श्रीमती पार्वती पाण्डे, छोरा निकोलस पाण्डे लगायत रहेका छन् ।


क्लिकमान्डु