आईपीएलमा बिकेनन् क्रिस गेल, नेपाली क्रिकेटर संदिप बिक्लान ?



काठमाडौं । आईपीएल सिजन ११ को लागि खेलाडीहरु माथी बोली लाग्न सुरु भएको छ । सुरुवाति चरणमा २ करोड मूल्य लागेका वेष्टइन्डीजका धमाकेदार ब्याट्सम्यान क्रिस गेललाई कुनै पनि टिमले किन्न इच्छा देखाएनन् ।

वेस प्राइस २ करोड मुल्य लागेका आर अश्बिनलाई किंग्स इलाभेन पञ्जाबले ७.६ करोड भारुमा खरिद गरेको छ भने, शिखर धवनलाई सनराईजर्स हैदरावादले ५.२ करोडमा खरिद गरेको छ ।

अहिलेसम्म बोली लाग्ने क्रममा बेलायती ब्यार्टसम्यान बेन स्टोक्स सबैभन्दा बढी मूल्यमा बिकेका छन् । उनलाई राजस्थान रोयल्सले १२.५० करोडमा खरिद गरेको छ ।

अष्ट्रेलियन ब्याट्सम्यान मिशेल स्टार्कलाई ९.४ करोडमा कोलकात्ता नाइट राईर्डसले खरिद गरेको छ ।

अक्सन आज र भोली जारी रहने छ । नेपाली क्रिकेटर संदिप लामिछाने आइपीएल अक्सनमा नाम समाबेस भएका एक्ला नेपाली क्रिकेटर हुन् । उनलाई किन्ने इच्छा कसैले देखाउँछ वा देखाउँदै भन्ने कुरा भोलीसम्म थाहा हुने छ ।


क्लिकमान्डु