कफीको सीप हिमालयन ब्रियूमा



काठमाडौं । विहिबारदेखि ठमेलको लेखनाथ मार्गमा हिमालयन ब्रियू कफि सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनमा सञ्चालन सुरु गरेको यो कफि क्याफेले वैदेशिक रोजगारीमा जानेका लागि तालिम प्रमुख आकर्षण बनाएको छ । यस्तो तालिम १८ दिनमै कफिको सीप सिकाउने गरी दिइने दाबी यसका सञ्चालक प्रकाश बास्कोटाले गरे ।

उनका अनुसार चारदेखि पाँच जनाको समूहमा आउने प्रशिक्षार्थीको हकमा भने विशेष सहुलियत दिइने छ । एक पटकमा १५ जनालाई तालिम दिने क्षमता भएको यो कफिले नेपाली अर्गानिक कफिका विभिन्न स्वादलाई ग्राहकमाझ पस्कदै आएको छ ।

करिब २५ लाख रुपैयाँबाट कफि क्यापेमा लगानी सुरु गरेका बास्कोटाले पाँच जनालाई रोजगारी दिएका छ । डेढ वर्षसम्म कफि क्याफेकै अनुभव लिएर उनले कफिको स्वादसँगै खाजा तथा नास्ताको पनि सेवा दिन थालेका छन् । बिहीबारबाटै यो क्याफेलाई औपचारिक रुपमै सञ्चालन गरिएको छ ।

यो क्याफेमा सबै प्रकारका नेपाली कफि पिउँदै विभिन्न पुस्तक अध्ययन गर्नेदेखि जुनसुकै स्थानका सेवाग्राहीलाई तालिम दिन सक्षम रहेको छ । यो क्याफेले उपत्याका अन्य क्याफेसँग सहकार्य गरेर तालिम दिन थालेकोको उपत्यकाका अन्य क्याफेमा पनि यसले तालिम दिने व्यवस्था मिलाएको उल्लेख छ ।

ठमेलको हिमालयन ब्रियू कफिले विदेश जाने युवालाई लक्षित गरेर कफि कलाको तालिम दिन थालेको छ । प्रतिव्यक्ति १५ हजार रुपैयाँमै कफिको कला सिकेर स्वारोजगार बन्नदेखि वैदेसिक रोजगारीमा जानेसम्मको लागि उपयोगी सीप प्रदान गर्न थालेको हिमालयन ब्रियू कफिका संचालक बास्कोटाले बताए ।


पुष्प दुलाल