नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने



नेपालगन्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज विमान स्थललाई अन्तर्राष्ट्रि स्तरको बनाउने घोषणा गरेका छन् ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालगन्जबाट मानसरोवर जाने तीर्थयात्री एवं पर्यटकको सङ्ख्या ह्वात्तै बढेकाले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउन आफूले सक्दो पहल गर्ने बताएका हुन् ।

आजदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन गर्दै उनले प्रदेशको राजधानी जहाँ भए पनि प्रदेशअन्तर्गतका सबै जिल्लाको विकासको गति रोकिन नदिनेतर्पm सोच्नुपर्ने बताएका छन् ।

महोत्सव उद्घाटन समारोहमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यद्वय नन्दलाल रोकाय र इस्तियाक राई लगायतले सम्बोधन गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ २२ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी कम्पनीका ३१६ कक्ष राखिएका छन् । रासस


क्लिकमान्डु