ग्रामिण क्षेत्रमा कर्जा बढाउन एनबी बैंकले गर्यो सम्झौंता



काठमाडौं । नेपालको ग्रामिण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुलाई सहज तथा सुलभ रुपमा कर्जा प्रदान गर्नको लागि नेपाल बङ्गलादेश बैंक लिमिटेड एवं साउथ एशिया फाउण्डेशन नेपाल तथा साउथ एशिया फाउण्डेशनका बिच सम्झौंता गरेको छ ।

समझदारी पत्रमा नेपाल बङ्गलादेश बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्दप्रसाद ढुंगाना र साउथ एशिया फाउण्डेशन नेपालको तर्फबाट संस्थाका अध्यक्ष डा. शशांक कोइराला एवं साउथ एशिया फाउण्डेशनको तर्फबाट सेक्रेटरी जनरल राहुल बरुवाले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले ग्रामिण तथा बिपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुले सहज तथा सुलभ रुपमा कर्जा प्राप्त गरि साना, मझौला तथा लघुउद्यम व्यवसाय संचालन गरी आफ्नो आयमा वृद्वि गर्न सक्ने बताए ।


क्लिकमाण्डू