संजयलिला भंसालीका यी फिल्म, जो विवादमा परे !



काठमाडौं । फिल्म निर्देशक सन्जयलिला भंसालीको फिल्म ‘पद्मावत’ लाई लिएर अहिले भारतको कयौँ ठाउँमा हिंसक बिरोध भैरहेको छ ।

उत्तर भारतका कयौँ सहरहरुमा धारा १४४ लगाइएको छ । भंसालीको फिल्ममा भएको यो विरोध पहिलो भने हैन । फिल्महरुलाई लिएर भंसाली पटक–पटक विवादमा पर्दै आएका छन् । उनको गएको फिल्महरुलाई एक पटक हेर्ने हो भने सबैमा केही न केही कुरालाई लिएर विवाद भएको नै छ ।

भंसालीको यी फिल्ममा भए विवाद
पद्मावतः भंसालीको आउदो फिल्म ‘पद्मावत’ को ट्रेलर जारी भएदेखि नै यो फिल्म विवाद विवादमा परेको हो । फिल्म रिलिज हुनु ठिक अघिल्लो दिन अहमदाबाद र कानपुरका सिनेमा हल बाहिर हिंसक विरोध भएको छ ।

भंसाली माथि उनले जानी जानी यस्तो फिल्म बनाएको जस कारण एउटा समुदाय विशेषको भावना भटकीएको आरोप छ ।

विवाद बढेपछि फिल्मको नाम बदलेर ‘पद्मावती’ बाट ‘पद्मावत’ बनेको हो । यसका साथै फिल्मको केही सिनहरु पनि काटिएको छ । तर, यो पश्चात् पनि विवाद साम्य हुन सकेको छैन् ।

बाजीराव मस्तानीः १७औँ शताब्दीको शासक पेशवा बाजीरावको जीवन कथामा बनेको फिल्मलाई लिएर भंसालीले विवादको सामना गर्नु परेको थियो ।

यो फिल्ममा भंसालीले फिल्मको दुई कलाकार काशीबाई र मस्तानीको एउटा गित पिंगा राखेका थिए । यसको मुख्य विवाद पेशवाईमा शाही महिलाहरु यसरी नृत्य गदैनन् भन्ने थियो । इन्दोरको राजघरानाले पनि यो फिल्म प्रति विरोध जनाएको थियो ।

यती मात्र नभई फिल्मम काशीबाई र मस्तानी यानी प्रियंका र दिपीका पादुकोण कयौँ पटक एकै स्क्रिनमा देखिए ।

यसमा पेशवा बाजीरावको वंशजको कथा कनुसार बाजीराव र मस्तानीको भेट सिर्फ एक पटक भएको थियो । तर, यत्रो विवादपछि रिलिज भएको यो फिल्मले भारी कमाइ गरेको थियो ।

गोलियोकी रासलिलाः बाजीराव मस्तानीभन्दा पहिला भंसालीले दिपिका पादुकोण र रणवीर सिंहसँग ‘रामलिला’ फिल्म बनाएका थिए ।
यसको नाम आएलगतै फिल्मको नामलाई लिएर यस्तो विवाद उठेको थियो जसले भंसालीको फिल्मको नाम बदलेर ‘गोलियो की रासलीला’ राख्नु परेको थियो ।

यसका साथै यो फिल्ममा मुल्य पात्रको सरनेम ‘जडेजा’लाई लिएर राजपुत समुदायले विरोध गरेका थिए । त्यसपछि ‘सनेडा’ र ‘राजाडी’ सरनेम प्रयोग गर्नु परेको थियो ।

फिल्ममा प्रयोग गरिएको रबीन्द्रनाथ टैगोरको कविता ‘मोर बनी थनघट करे’ को गुजराती अनुवादलाई लिएर पनि अर्को विवाद भएको थियो । यो कविताको अनुवाद गुजराती कवि जवरहंद मघानीले गरेका थिए तर, उनलाई क्रेडिट भने दिइएको थिएन् ।

गुजारिशमा सल्मानसँग जोडिएको विवादः रितिक रोशन र ऐश्वर्या रायको मुख्य भुमिका रहेको फिल्मलाई लिएर सल्मान खानले आपत्ति जनाएका थिए ।

यो बाहेक फिल्मका निर्माता विरुद्ध कथा चोरेको आरोप पनि लागेको थियो ।

देवदासको डोला रे डोलामा विवादः भंसालीको फिल्म करियरको सबैभन्दा मुख्य फिल्महरु मध्ये एउटा फिल्म देवदासको एउटा गीत ‘डोला रे डोला’ लाई लिएर विवाद भएको थियो ।

‘देवदासको असली उपन्यासमा पारो र चन्द्रमुखीको भेट भएको थिएन् ।’ तर, फिल्ममा माधुरी दीक्षित र ऐश्वर्या रायले एक साथ ‘डोला रे डोला’ गीतमा नृत्य गरेका थिए ।

भंसाली विरुद्ध जानी जानी उनले यस्तो विषय रोज्ने गरेकाले यस्ता विवाद आउने गरेको आरोप लाग्ने गरेको छ ।

तर, यस्ता विवादका बावजुद उनी विश्वका त्यस्ता निर्देशकमा गनिन्छन् जो आफ्ना खास सिनेमेटोग्राफीका लागि चर्चित छन् ।

उनको फिल्महरुमा कुनै नायक नायिकाको ठाउँमा उनका क्यामरा वर्कर फिल्मका असली हिरो हुने गर्छन् । जसका कारण उनको फिल्मले करोडौँको कमाइ गर्ने गर्छ ।

भंसालीको क्यामराले भारतको राजघरानामा भएका ति पुराना इतिहासलाई आज पनि ७० एमएमको पर्दामा जिउँदो राखेको छ ।


क्लिकमान्डु