बिमान यात्रामा मोवाइलमा कुरा गर्न सकिने !



काठमाडौं । अब चाडै मानिसहरु विमान यात्राको समयमा पनि इन्टरनेटको प्रयोग र कल गर्न सक्ने व्यबस्था हुन लागेको हो । अहिलेसम्म विमान यात्राको समयमा इन्टरनेटको प्रयोग वा कलिङ गर्न पाइदैन थियो । तर, भखरै मात्र भारतमा ट्राइले घरेलु वा अन्तर्राष्ट्रिय दुबै बिमानमा इन्टरनेट र कलिङको सुविधा उपलब्ध गराउन सिफारिस गरेको छ ।

एयरक्राफ्ट ३ हजार मिटरको उचाइ नपुग्दै यो सुविधाको लाभ उठाउन पाइने छ । ट्रईले आफ्नो सिफारिसमा भनेको छ ‘इयरलाइन्सले केही सर्तसँगै आफ्ना यात्रुहरुलाई इन्टरनेट र वाइफाइ सेवा प्रदान गर्न सक्नेछ ।’

यसबाट कम्प्यूटर वा इन्टरनेट सेवा विमानले उडान भरेसँगै सुरु हुने छ । तर, मोबाइ सेवाको लागि भने बिमान ३ हजार मिटरभन्दा माथिको उचाइमा पुगेपछि मात्र प्रयोग गर्न सकिने छ ।

मोबाइलको प्रयोग इन्टरनेट बिमान परिचालन र सञ्चालनको लागि बाधक बन्न सक्छ । त्यसैले मोबाइलको प्रयोग बिमान ३ हजार मिटरभन्दा माथि उढेपछि मात्र गर्न पाइने जनाईएको छ । भाष्करडटकमबाट


क्लिकमान्डु