१० अंकले बढ्यो नेप्से, २८ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) ९.८ अंकले बढेको छ । बिहीबार नेप्से १४०४.५३ विन्दुमा अडेको हो ।

नेप्सेका अनुसार आज १ सय ५९ कम्पनीका ६ लाख ६२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । २८ करोड २२ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ८.६१, ट्रेडिङ समूह ८.२८, होटल समूह २७.३५, जलविद्युत समूह ६.४१, वित्तिय समूह १.६१, बीमा समूह ८९.०२, उत्पादन मूलक समूह ३०.४५ र माइक्रोफाइनान्स २२.४३ अंकले बढेका छन् ।

विकास बैंक समूह ३.०६ र अन्य समूह १.४५ अंकले घटेका छन् ।

विशाल बजार कम्पनीका लगानीकर्ताले ५.१९ प्रतिशतले कमाएका छन् ।

गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु