रुपन्देहीका सिमेन्ट र छड उद्योगमा लगाएको ताला प्रहरीले खोल्यो



काठमाडौ । रुपन्देहीका सिमेन्ट र छड उद्योगहरुमा युवा सङ्घ नेपाल र वाईसीएलले मंगलबार गरिएको तालाबन्दी लगतै प्रहरीले खोलेको छ ।

सिमेन्ट र छड उद्योगहरुमा युवाहरुको समूहले ताला लगाइएको सूचनाको आधारमा ताला खोलीएको रुपन्देहीका प्रमु्ख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

युवा सङ्घ नेपाल र वाईसीएलले सिमेन्ट र छडमा अस्वाभावीक रुपमा मूल्य वृद्धि गरिएको विरुद्ध मंगलबार ११ वटा सिमेन्ट उद्योग र २ वटा छड उद्योगमा तालाबन्दी गरेका थियो ।

उद्योगीहरुले राजनीतिक दलका भातृसंगठनले उद्योगमा ताला लगाउनु गौर जिम्मेवारी कार्यको भएको बताएका छन् । यसले उद्योगीहरुमा नकारात्मक असर पर्ने उनीहरुको भनाई छ ।


क्लिकमान्डु