नेपालमा गैरकानुनी जहाज प्रवेश रोक्न नयाँ राडार, हेर्नुहोस तस्विर सहित



काठमाडौं । नेपाली हवाई आकाशलाई थप सुरक्षित बनाउन नयाँ राडार जडान गरिएको छ । नयाँ राडारले हवाई आकाशको निगरानी सुरु गरेसंगै नेपाल अव गैरकानुनी रुपमा नेपाल आउने जहाजको निगरानी राडारले गर्ने छ ।

जापान सरकारको सहयोगमा जडान सम्पन्न भएको नयाँ सर्भिलेन्स प्राणालीले उडानमाथि राख्ने निगरानीको क्षमता पहिलेको भन्दा बढी भएको छ ।

विगतमा निगरानीको दायरा कमहुदाँ गैरकानुनी रुपमा पनि नेपालमा अन्य देशका जहाजहरु आउन सक्ने अवस्था थियो । अव भने गैरकानुनी उडान आउँदा सिमाना क्रस हुने वित्तिकै नयाँ राडारले निगरानी गर्नेछ । विगतमा छोटो दुरीमा रहेको यस्तो दायरा ७५ प्रतिशत नेपाली आकाशमा विस्तार भएको छ ।

इनरुट मोनाप्लस सेकेन्डरी सर्भिलेन्स राडार प्रणाली ललितपुरको भट्टेडाँडा र टर्मिनल मोनाप्लस सेकेन्डरी सर्भिलेन्स राडार प्रणाली विमानस्थलमा जडान गरिएपछि यसले निगरानी गर्ने क्षमता विस्तार भएको हो ।

मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार (एम.एस.एस.आर) नामक रेडार २ सय ५० नोटकल ( प्रतिनोटकल १.८५ किमी) क्षमता रहेको छ । नयाँ रेडार जडानसंगै फुलचोकीमा रहेको राडर १७ वर्ष पुरानो प्राइमरी रेडार क्षमतानै थोरै रहेकोले धेरैपहिलेनै नयाँ रेडार आवस्यक रहेको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा राडर जडान गरिएको प्रत्येक ५ वर्ष विस्थापन तथा पार्ट्स परिर्वतन गर्नुपर्ने प्रावधान रहेको छ । ‘नेपालमा भने कम क्षमता त्यसमा पनि १७ वर्ष पुरानो रेडार हुदाँ एयर ट्राफिक निगरानीमा समस्या हुदै आएको थियो,’ आयोजना प्रमुख सञ्जिव सिंह कठायतले भने । अहिलेको नयाँ प्रविधिको रेडारले नेपालको ७५ प्रतिशत भुभागको निगरानी गर्ने कठायतले बताए ।

अन्र्तराष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) को एनएक्स–१० अनुसार हवाई सुरक्षाको लागि नयाँ राडर जडान नेपालका लागि अत्यावस्यक भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जाइकाले ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गरेको थियो । औपचारिक रुपमा आगामी माघको १८ गते देखि सुरु हुने छ ।


क्लिकमान्डु